www.tandavnews.com
Fact ~ In search of truth

नीतिप्रेस मिडियाले जनजागरण आधारभूत सामुदायिक विद्यालयलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण

पोखरा ।
नीतिप्रेस मिडिया प्रा.लि.को आयोजनामा श्री जनजागरण आधारभूत सामुदायिक माछापुच्छ्रे गाँउपालिका वडा नं.०४ लाहाचोकको विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

नीतिप्रेस मिडियाका अध्यक्ष माधब पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी टिका रिर्सोटका सञ्चालक संगिता पौडेल रहेको कार्यक्रमको सञ्चालन नीतिप्रेस मिडियाका सम्पादक रमानाथ पौडेलले गरेका थिए ।

माछापुच्छ्रे गाँउपालिका वडा नं.०४ लाहाचोकमा रहेको श्री जनजागरण आधारभूत सामुदायिक विद्यालयमा कक्षा नर्सरी देखि कक्षा पाँच सम्म पढ्ने सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो । न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रमलाई औपचारीक रुपमा सुरुवात गर्न प्रमुख अतिथीद्धारा ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरीएको थियो ।

Batas

कार्यक्रमलाई औपचारीक रुपमा सुरुवात गर्दै श्री जनजागरण आधारभूत सामुदायिक विद्यालयका प्रध्यानाध्यापक भिमलाल पराजुलीले स्वागत मन्तव्य राखेका थिए । उनले कुनै बालबालिकालाई शिक्षा बाट वञ्चित हुन नपरोस र हरेक विद्यालयमा सचेतनामुलक कार्यक्रम गनुपर्ने बताएका छन् । विद्यालयका बालबालिकाले उपस्थीत रहेका सम्पूर्ण अतिथिलाई माला र टिका लगाएर स्वागत गरेका थिए साथै विद्यालयले सास्कृतिक कार्यक्रम समेत आयोजना गरी नृत्य देखाएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी माछापुच्छ्रे गाँउपालिका वडा नं.०४ का कार्यवाहक अध्यक्ष रवि अधिकारी,वडा सदस्य अर्जुन अधिकारी,विद्यालयका प्रध्यानाध्यापक हिमलाल पराजुली,अतिथी वैदेशिक रोजगार मञ्च लाहाचोकका प्रवक्ता कवि क्षेत्री, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष श्रृष्टी परियार,विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना सुनार,भु.पु. विद्यालय व्यवस्थापन समितिका सदस्य विर बहादुर परियार सुनारको सहभागिता रहेका थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख अतिथी संगिता पौडेलले बालबालिका भोलिका कर्णधार हुन् आज बालबालिबालाई असल बाटो देखाउन सके भोलिको भविष्य उज्जवल बन्छ । सामाजीक कार्य गरेर अगाडी बढ्दा धेरै नै उताव–चडाव आउने गर्दछ तर आफूले सही बाटोमा हिडेमा सफल अवश्य हुने बताइन । पौडेलले आवश्यकता परेको व्यक्तिलाई आवश्यक वस्तु सहयोग गर्नु नै महानता रहेको बताइन ।

साथै उक्त कार्यक्रममा बोल्दै वैदेशिक रोजगार मञ्च लाहाचोकका प्रवक्ता कवि क्षेत्री गाँउपालिकाले शिक्षा क्षेत्रमा विशेष जोड दिनुपर्दछ । कृषि क्षेत्रबाट घुमफिर गर्न छुट्याइएको केहि प्रतिशत रकम विद्यालयलाई सहयोग गर्नु पर्दछ । हरेक संस्थाले घुमघाम बाट कटौती गरी यहाँका साना–साना बालबालिकालाई तथा विद्यालयमा सहयोग गर्नुपर्ने देखिन्छ ।

स्वागत मन्तव्य राख्दै माछापुच्छ«े गाँउपालिका वडा नं.०४ का कार्यवाहक अध्यक्ष रवि अधिकारीले दान गर्ने व्यक्ति कहिल्यै पनि गरिब नभएको र हाम्रो हिन्दु धर्म अनुसार जन्मेदेखि मृत्यु सम्म दान गरेको र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रमका सभापति नीतिप्रेस मिडियाका अध्यक्ष माधब पोखरेलले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा अगाडी बढ्दै सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । पोखरेलले बालबालिकाको हितका समाजले तथा व्यक्तिले सदैब राम्रो सोच्न जरुरी रहेको र आजका बालबालिकाले भोलिको समाज परिवर्तनमा विशेष सहयोग गर्ने बताउदै कार्यक्रको समापन गरेका थिए ।

उक्त वितरण कार्यक्रममा विशेष सहयोग टिका रिसोर्ट लेकसाइड, साई अर्चना हस्पिटल रानीपौवा, बैदेशिक रोजगार मंच लाहाचोक र मसलन्द तथा विविध सहयोगमा आर एण्ड आर ट्रेडर्स नागढुंगा, बन्जी नेपाल एड्भव्न्चर रातोपहिरो र कन्चन क्यापिटल बिन्ध्याबासिनी ले सहयोग गरेको थियो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.