पोखरा।
मनिपाल शिक्षण अस्पताल र बतास फाउन्डेसन बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बतास फाउन्डेसन बिच सहमति भएको हो ।
बतास फाउन्डेसनमा कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्। मणिपाल शिक्षण अस्पताल पोखरा र बतास फाउन्डेसनबीच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै फाउन्डेसनमा आबद्द कर्मचारीहरुले सो सुविधा पाउने भएका हुन् ।
मणिपाल शिक्षण अस्पतालकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र बतास फाउन्डेसनकाेकाे तर्फबाट मानव संसाधन प्रबन्धक भोला तिमील्सिना बीच सहमति पत्रमा हस्ताक्षर भएकाे हाे । सहमति पत्रमा हस्ताक्षर भए अनुसार अब फाउन्डेसनका कर्मचारीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन।

त्यस्तै,संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ।’
सहमती पच्छ्यात फाउउन्डेसनका मानव सम्साधन प्रबन्धक भोला तिमील्सिना ज्युले खुशी ब्यक्त गर्दै मणिपाल अस्पतालको प्रगतीको लागि कामना गरे।
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.