www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गरेका हुन्।

त्यसअघि प्रधानमन्त्री दाहालसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल प्रारम्भ गर्नुभएका दाहाललाई प्रदेश प्रमुख शेरचनले बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.