www.tandavnews.com
Fact ~ In search of truth

‘लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्’

काठमाडौँ।
नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाईदिन आग्रह गरेका हुन्।

उनले देशमा अहिले लक्ष्मी महतोको सवत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने धारणा राखे।

Batas

एमाले नेता महासेठले भने, “के सांसद लक्ष्मी महतो साच्चिकै अपराधी हुन् त रु संसदमा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाउनुभएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय ग¥यो । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुप¥यो, होइन भनेर आरेपमा कुनै सत्यता छैन ।”

machhapuchre
madi

कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने विश्वास व्यक्त गरे। उनले भने, “म सभामुखमार्फत् गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानूनले अपराधी भनेर निर्णय गरेको छैन तर, संसदमा अपराधीको आरोप लगाइएको छ ।”

नेता महासेठले जनकपुरमा दुई व्यक्ति (रोहितकुमार साह र विष्णुकुमार साह)को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरे। अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत् गृहप्रशासनको ध्यानाकर्षण गराए।

एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाए। उनले वर्तमान सरकारले केही गर्छकि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गरे।

“यो सरकारले छोटो समयमा जनतामा अलिअलि मलहम लगाउने काम गरेको छ । देशको आर्थिक सुधारका लागि प्रारम्भिकरुपमा सकारात्मक प्रयास थालिएको छ । राजनीतिक रुपमा पनि यो सरकारले प्रगति गरेको छ ।”
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.