www.tandavnews.com
Fact ~ In search of truth

मणिपालको ‘कर्पोरेट स्वास्थ्य जाँच योजना’मा आवद्ध भए २ ब्यावसायिक प्रतिष्ठान

पोखरा।
मनिपाल शिक्षण अस्पतालको ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा पृथ्वी राजमार्ग बस ब्यावसायिक सञ्चालक कम्पनि र पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले अस्पतालसंग सहकार्य गर्ने भएका छन् । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा मंगलबार २ ब्यावसायिक प्रतिष्ठानले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र पृथ्वी राजमार्ग बस ब्यावसायिक सञ्चालक कम्पनिको तर्फबाट भरत कुमार मल्लले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

madi
machhapuchre

त्यस्तै, पिपुल्स सहकारीले पनि मंगलबार नै ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘ अन्र्तगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । सहकारीका तर्फबाट संस्थाका उपाध्यक्ष दीपेन्द्र चालिसे र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल बिच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

Batas

ब्यावसायिक प्रतिष्ठान तथा संघ संस्थाहरुले यो योजनाको लाभ लिनका लागि संघ,संस्था तथा ब्यवसायिक प्रतिष्ठानमा कम्तिमा ५० सदस्य हुनु पर्ने छ । ब्याबसायिक प्रतिष्ठान तथा संघ,सस्थाहरुलाई स्वास्थ्य परिक्षणमा सुबिधा उपलब्ध गराउने हेतुले मनिपाल शिक्षण अस्पातलले स‌ंस्थागत स्वास्थ्य सेवा छुट योजना ल्याएको हो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.