www.tandavnews.com
Fact ~ In search of truth

रिपोर्टिङ गर्ने क्रममा पत्रकार घिमिरे माथि दुर्व्यवहार, पत्रकार महासंघ कास्कीद्धारा दाेषिलाई कारबाहीकाे माग

पोखरा।
रिपोर्टिङ गर्ने क्रममा फेवा टेलिभिजनका समाचार प्रमुख पत्रकार प्रल्हाद चन्द्र घिमिरे माथि दुर्व्यवहार भएको छ । माघ १० गते मंगलबार स्याङजाको आँधिखोला गाँउपालिका वडा नं.४,वाङिसङ दह मा २०७५ सालदेखि विवादित रहेको खानेपानिको स्थलगत रिपोर्टिङ गर्ने क्रममा पत्रकार घिमिरे माथि दुर्व्यवहार भएको हो ।

पत्रकार घिमिरेप्रति भएकाे दुर्व्यवहारकाे भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा दाेषिलाई कारबाहिकाे माग गरिएकाे छ। बुधबार एक विज्ञप्ति जारि गर्दै महासंघले पत्रकारकाे परिचयपत्र देखाउदा समेत स्थानियले अपशब्द बाेलेर  भाैतिक अाक्रमण गर्न खाेज्नु प्रेस स्वतन्त्रता माथीकाे प्रहार भएकाे ठहर गर्दै दाेषिलाई कानून बमाेजिम कारबाहीकाे माग गरेकाे हाे ।

पत्रकार घिमिरेले रिपोर्टिङ गर्ने क्रममा स्थानीय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर पौडेल,रेशम पौडेल,बाबुराम पौडेल तथा पिताम्बर पौडेलले अन्य व्यक्तिलाई उक्साउने काम गरेर उनीमाथि दुर्व्यवहार गरेका हुन् । घिमिरेले आफू पत्रकार भएको र आफ्नो परिचयपत्र देखाउदा समेत त्यहाँका व्यक्तिहरुले किन भिडियो खिचेको भन्दै मोबाइल खोस्ने,अपशब्द बोल्ने,भिरबाट खसालदिने पोखरीमा गाडीदिने जस्ता तल्लो स्तरका गालि गरेका हुन् ।

Batas

आधिखोला गाँउपालिकाका उपाध्यक्षको अगाडी नै पत्रकार घिमिरेमाथि दुर्व्यवहार भएको थियो । गाँउपालिका उपाध्यक्ष सिता थापाले पत्रकार घिमिरे माथि दुर्व्यवहार भएपश्चात सो स्थान छोडेर अन्यत्र जानको लागि अनुरोध गरेकी हुन् । घटना भए लगत्तै घिमिरेले स्थानीय चिलाउनेबासमा रहेको प्रहरी चौकीमा आफूमाथि दुर्व्यवहार भएको भन्दै चौकी प्रमुख हिमत बुढालाई जानकारी गराइ कारवाहीको माग गरेका थिए।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.