www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्यमन्त्री गिरीलाई दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान

पोखरा।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतले नेपाल सरकारका स्वास्थ्यमन्त्री पदम गिरीलाई शुक्रबार सम्मान गरेको छ । यसअघि प्रतिष्ठानको आयोजनामा जनप्रतिनिधी सम्मान एबम रमाइलो बनभोज कार्यक्रम सम्मान गर्ने भनिएता पनि मन्त्री गिरीको व्यस्तताले शुक्रबार सम्मान गरिएको प्रतिष्ठान पर्वतका अध्यक्ष पशुपति कार्की शर्मा (पूजा)ले जानकारी दिइन्। मन्त्री गिरीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको होे ।

machhapuchre
madi

सम्मान ग्रहणपछि मन्त्री गिरीले लोकसंगीत आफूलाई अतिनै प्रिय लाग्ने बताए । उनले दोहोरी गीत प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्दै आगमी दिनमा पूर्ण सहयोग र साथमा रहने प्रतिबद्धता व्यक्त गरे । गिरी पर्वत जिल्लाको पहिलो क्याबिनेट मन्त्री हुन् । उनी दुई पटक सम्म प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.