www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक वनको आम्दानी सामाजिक क्षेत्रमा

गलेश्वर।
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सामुदायिक वनले वन पैदावार बिक्री गरी भएको रु एक करोड बराबरको आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको समूहका अध्यक्ष पुण्य चोखालले जानकारी दिए।

वनबाट भएको आम्दानी भवन, पोखरी, सडक निर्माण तथा पहिरो नियन्त्रण र शिक्षाका क्षेत्रमा लगानी गरिएको छ । समितिको २४औँ साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा वन पैदावर बिक्रीबाट भएको आम्दानीलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिएको उल्लेख छ ।

Batas

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले सामुदायिक वनबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्नु राम्रो भएको बताए। उनले वन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले वडा क्षेत्रमा पर्ने सामुदायिक वनको संरक्षण र प्रवद्र्धनमा वडाले सक्दो सहयोगको प्रतिबद्धता जनाए। छ सय एक जना उपभोक्ता रहेको सो सामुदायिक वन जिल्लाकै अगुवा सामुदायिक वन मानिन्छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.