www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयमा शिक्षक राख्न अक्षयकोष

तनहुँ।
जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा रु आठ लाख २४ हजार एकको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको ५१ औँ वार्षिकोत्सव एवं अभिभावक भेलाको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाउने लक्ष्य रहेको छ ।

तल्लो तहका विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले दक्ष शिक्षक राखेर पठनपाठन कार्यलाई सहज बनाउने योजना रहेको छ । उनले भने, “सुरु कक्षाको शैक्षिक गुणस्तर राम्रो भयो भने माथिल्ला कक्षामा राम्रो प्रभाव पर्नसक्ने विश्वास गरिएको छ । ” उक्त विद्यालयमा अहिले करिब रु १७ लाखको अक्षयकोष स्थापना गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर विकले जानकारी दिए। उक्त विद्यालयमा दलित, जनजाति, गरिब र विपन्न समुदायका गरी दुई सय १३ विद्यार्थी अध्ययनरत छन् ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.