www.tandavnews.com
Fact ~ In search of truth

‘सिरियल हिटर’ सौरभ : मदिराले मातेर ‘पहिले गाडी’, अहिले प्रहरीलाई ठोके

पोखरा
ताण्डव न्यूज ।

गत पुस २२ गते एउटा गाडीले लेकसाइडमा अर्को गाडीलाई ठोक्यो । एक क्लबको पार्किङमा राखिएको गाडीलाई ठक्कर दिएपछि ठक्कर दिने गाडी त्यहाँबाट भाग्यो ।

बिहिबारको रात घटनाबारे थाहा हुने वित्तिकै बैदाम प्रहरी घटनास्थल पुग्यो र गाडीको खोजि सुरु भयो । गाडीबारे सोधपुछ गर्दा प्रहरीलाई थाहा भयो, त्यो सौरभ थापाको गाडी थियो ।

Batas

सौरभ थापा अर्थात पोखराका ‘योङ्ग अन्टरप्रेन्यर’ । उनका बुवा हुन् अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापा । बुवाकै लगानिमा रहेको अटो व्यवसाय सौरभले हेरिरहेका छन् । सो घटना भएको रात प्रहरीले सौरभका साथिहरुलाई क्लबमा होहल्ला गरेको आरोपमा पक्राउ गर्यो । सौरभ भोलिपल्ट मात्रै समातिए । यतिबेला विन्दुकुमार थापा गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री थिए । सौरभ, मन्त्री थापाका भतिज हुन् । पक्राउ परेको जानकारी पाएपछि प्रहरीलाई सौरभलाई छाड्न दवाव पुगेको हल्ला पनि प्रहरी वृत्तमा नभएको होइन । अहिले थापा प्रदेश सभा सदस्य छन् ।

पछि उनलाई प्रहरीले परिवारको जिम्मा लगाएर छोडेको बताएको थियो ।

सो घटना घटेको २२ दिनपछि उनै सौरभले रामबजारमा अर्को काण्ड मच्चाएका छन् ।

२५ वर्षीय सौरभले गत बिहीबार रामबजारस्थित पेन्सन क्याम्पअघि चेकिङमा बसेका प्रहरीको हात भाँचिदिए । मदिराले मात्तिएर गाडी हुइँकाएका सौरभलाई प्रहरीले रोकेपछि गाडीको ढोकाले हुत्याइदिएका थिए । सो क्रममा प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको हो ।

प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर अभद्र मुद्धामा अनुसन्धान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए । ‘प्रहरीको हात क्र्याक् भएको हो । बिहीबारको घटना हो । उहाँलाई ५ दिनको म्याद थप गरिएको छ’ उनले भने ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.