पोखरा
ताण्डव न्यूज ।
प्रहरीको हात भाँचेकाे आरोपमा पक्राउ परेका सौरभ थापा छुटेका छन् । कास्की प्रशासनको आज(सोमबार) को इजलासबाट थापा २ हजार ८०० रुपैयाँ जरिवाना बुझाएर छुटेका हुन् ।
थापा गत बिहीबार पोखरा रामबजारबाट पक्राउ परेका थिए ।
मापसे गरेर गाडी हुँइकाएका थापाको गाडीको ठक्करबाट प्रहरी हवल्दार चित्र बहादुर वलीको हात भाँचिएको थियो । पक्राउपछि जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहारमा ५ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान थालेको थियो ।
यसअघि पनि थापाले लेकसाइडमा गाडीलाई ठक्कर दिएका दिए ।
सम्बन्धित न्यूज
‘सिरियल हिटर’ सौरभ : मदिराले मातेर ‘पहिले गाडी’, अहिले प्रहरीलाई ठोके
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.