www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकलाई काहुँ चिनाउन महोत्सव

पोखरा
ताण्डव न्यूज ।
पर्यटन प्रवद्र्धन गर्न यही फागुन ४ गते देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटररको दुरीमा रहेको पर्यटकीय क्षेत्र काहुँडाँडामा पर्यटकलाई आकर्षित गर्दै काहुँ धरहरा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पर्यटन क्ष्ोत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणको खुड्किलो स्वरुप महोत्सव आयोजना गरिएको महोत्सव आयोजक संयोजक एवं जनकल्याण क्लवका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । पर्यटन क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै एक दृश्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्ने सकिने गुरुङले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापक प्रसार गरि काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उनको धारणा छ ।

महोत्सव अवधिभर पचास हजार दर्शकले महोत्सवको अवलोकन साथै यहाँको राष्ट्रिय फूल लालिगुँरास लगाएत हिमशृङखलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।
आयोजकका अनुसार महोत्सवबाट पर्यटकीय गतिविधि बढाउन पूर्वाधार निर्माण तथा पर्यटकीय गतिविधि अगाडी बढाउन महोत्सव सहयोगी बन्ने छ ।

Batas

महोत्सवमा दृश्यवालकनको साथसाथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति, खुल्ला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्यूजिक कन्र्सट,स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।

महोत्सवमा करिव ५२ लाखको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । ४६ लाख ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । महोत्सव बाट प्राप्त आम्दानी पर्यटन पूर्वाधार निर्माण, असाहय विद्यार्थीहरुलाई सहयोग गरिने छ ।

महोत्सवलाई सफल बनाउन १५ सदस्यीय उपसमिती गठन गरिएको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.