www.tandavnews.com
Fact ~ In search of truth

रुपाका चार योजना मुख्यमन्त्री अधिकारीद्वारा उद्घाटन

पाेखरा ।

गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा निर्माण गरिएका चार योजनाको उद्वघाटन गरेका छन् ।

भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालयद्वारा निर्माण गरिएको फैचोक देखि पोल्याङ्ग ४१ करोडको लागतमा वनेको रिङरोडको पहिलो खण्डको उद्वघाटन गरे । यस्तै सडक विभागद्वारा निर्माण गरिएको रुपा वडा नं ३ र मध्यनेपाल जोड्ने पुल १ सय ६५ मिटरको पुल , रुपा-५ र पोखरा-३२ जोड्ने मोटरेवल पुल र रुपा-३ स्थित जनता माबिको ८ कोठे भवन मुख्यमन्त्री अधिकारीले उद्घाटन गरेका हुन् ।

Batas

मध्यनेपाल जोड्ने पुल १२ करोड १३ लाखमा वनेको थियो । रुपाको वडा नं ५ र पोखरा – ३२ जोड्ने पुल २ करोड ५७ लाख र ८ कोठे भवन ८२ लाखको लागतमा निर्माण भएका हो ।
योजनाको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले विकासका योजनाको सहि संरक्षण गर्नुका साथै उत्पादनमूलक आयआर्जनमा जोड्नु पर्ने वताए ।

उनले भौतिक बिकास संगै युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा जोड्ने गरि योजनाहरु ल्याउने बताए ।

भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री हरि वहादुर चुमानले रुपाको विकासमा आफ्नो साथ सधै रहने वताए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.