www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु २३औँ महाधिवेशनः महासचिवमा कास्कीका प्रकाश भुजेलको चर्चा

पोखरा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।

यसैक्रममा महासचिव पदकालागि गण्डकीबाट प्रकाश भुजेलको चर्चा सुरु भएको छ । कास्कीका भुजेल अनेरास्ववियुको बर्तमान निर्वाचन आयोगका अध्यक्ष हुन् । पदाधिकारीमा आफ्नो दावी स्वभाबिक भए पनि यहीँ पदमा आफ्नो उम्मेदवारी रहने निश्कर्षमा पुगी नसकेको भुजेल बताउछन् । एक खालको छलफलमा नै रहेको भन्दै उनले महासचिव वा उपाध्यक्ष पदमा चाहाना रहेको तर सहमति हुने अवस्था आए परिस्थिति फरक पनि बन्ने सक्ने बताउछन् ।

को हुन प्रकाश भुजेल ?

Batas

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासमा जन्मिएका भुजेल अनेरास्ववियुको बर्तमान निर्वाचन आयोगका अध्यक्ष हुन्। उनी तत्कालीन समयमा नेविसंघको दवदवा मानीने शंकरदेव क्याम्पसमा २०६५ सालको स्ववियु निर्वाचनमा सचिव सहित बहुमत सिट जिताउन महत्वपुर्ण भुमीका निर्वाह गरेका नेताका साथै स्वयम् आफु लोकप्रिय मत सहित अनेरास्ववियुबाट निर्वाचित स्ववियु सदस्य हुन् भने २०७३ सालको स्ववियु निर्वाचनको क्रममा सभापतीका उमेद्वारका रुपमा अगाडी सारीएका उम्मेदवार समेत हुन्।

तथापी भुजेलकै लोकप्रियताको कारण उनको २८ बर्षे उमेर रहदा सम्म क्याम्पसले स्ववियु निर्वाचन नगरेको शंकरदेव क्याम्पसका जानाकारहरु बताउछन् । जहाँ जिम्मेवारी प्राप्त गर्छन त्यस जिम्मेवारीलाई अत्यन्तै मेहनतका साथ रचनात्मक रुपमा सम्पन्न गर्ने कार्यकौशल राख्ने उनलाई आम कार्यकर्ताहरुले बर्तमान कमिटी भित्रको कर्मी माहुरीको संज्ञा दिने गरेका छन् । आफ्नो जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्न रमाउने र अनेरास्ववियुको हरेक कार्यक्रममा उत्तिकै सक्रिय रहने भएकाले पनि उनी पछिल्लो पुस्ताका विद्यार्थीका विच निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

अनेरास्ववियु शंकरदेव क्याम्पसको विभिन्न जिम्मेवारी पुरा गर्दै अध्यक्ष समेत बनिसकेका उहाँ अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचन आयोग सदस्य हुदै केन्द्रमा प्रवेश गरी हाल सोही आयोगको अध्यक्षको जिम्मेवारीमा छन् ।

अध्ययनको एक मात्र उदेश्यले २०६५ सालमा काठमाण्डौं छिरेको बताउने उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापन र प्राईभेट तर्फबाट राजनैतिक शास्त्रमा सहित दुई बिषयमा स्नातोत्तर गरी हाल त्रिभुवन विश्वविद्यालयबाट एमफिल–पिएचडिका शोधार्थी रहेका छन् भने कानुनमा स्नातक गरेका अधिबक्ता समेत हुन्।

अनेरास्ववियुले निति तथा विधान महाधिवेशन सम्पन्न गरी आगामी कार्यकालका लागी नयाँ नेतृत्व निर्माणको उदेश्य बोकेर तय गरेको महाधिवेशनले १७ पदाधिकारी सहित १ सय ९९ सदस्य केन्द्रिय कमिटी निर्वाचित गर्नेछ । महाधिबेशनमा देशभरीबाट आयोजक समेत गरी १ हजार ५ सय ७९ प्रतिनिधि सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.