www.tandavnews.com
Fact ~ In search of truth

‘कास्की खबर’ शुभारम्भ

पाेखरा ।

‘निष्पक्ष समाचार, सबैको अधिकार’ भन्ने उद्घोषका साथ कास्की खबर प्रा.लि.द्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल ‘कास्की खबर’ आईतबार विधिवत शुभारम्भ भएको छ।

कास्की खबरको शुभारम्भ गर्दै प्रमूख अतिथि प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले विग हाउसका कारण जनताले पाउनु पर्ने सूचनाका हक अन्तर्गत पर्ने सूचना पनि बाहिर आउन नसकिरहेको अवस्थामा स्थानीय मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा राज्यले प्रोत्साहन स्वरूप अनलाइन मिडियालाई पनि सब्सिडी उपलब्ध गराउनु पर्ने र प्रेस काउन्सिल नेपालले पनि सब्सिडीका लागि अनलाइन मिडियाको वर्गीकरण गर्ने कार्यको शुरूवात गरेको जानकारी दिईन्।

Batas

कार्यक्रममा विशेष अतिथि पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना, सूचनाका हकका लागि पोखरा महानगर निवर्तमान अध्यक्ष कृष्ण क्षेत्री, प्रेस चौतारी कास्कीका सचिव रञ्जन अधिकारी, मोवाईल व्यवसायी उदय बहादुर के. सी.(लाहुरे दाई), निर्मल शर्मा, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतम र पत्रकार कृष्ण रानाभाट लगायतले बोलेका थिए।

संस्थाका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संम्वाददाता नारायण प्रसाद सिग्देल र सञ्चालन समाचार प्रमुख सागर कार्कीले गरेका थिए।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.