www.tandavnews.com
Fact ~ In search of truth

काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने

पोखरा।
चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो ।

आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर गुरुका अनुसार आगामी फागुन ४ गते देखि सुरु हुने महोत्सवमा ७ किलोमिटर दुरीमा पर्वतीय दौड हुनेछ । पोखरा महानगरपालिकाको रानीपौवादेखि काहुँडाडासम्मको ७ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागिताका लागि दर्ता खुलिसकेको अध्यक्ष गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले १० हजार , दोश्रो हुनेले ७ हजार , तेश्रोले ५ हजार पाउनेछन् भने चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैया नगद र उत्कृष्ट २० जनालार्ई मेडल प्रदान गरीनेछ । महिलातर्फको ईभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।

पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । क्लवका अध्यक्ष देव बहादुर गुरुङले काहुँको शुन्दरता र त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरीक पर्यटनको बृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए । २०२६ सालमा निर्मित काँहु धरहरा मुख्य बजारबाट नजिकै रहेरपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको ठम्याई छ ।

Batas

काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्न महोत्सवको उल्लेख्य भूमिका रहने उनको भनाई छ । यसअघि २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ । काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.