www.tandavnews.com
Fact ~ In search of truth

पत्रकारका बिभिन्न संघ-संस्था र महासंघद्वारा खप्तडटिभीका प्रधानसम्पादक कुटपिटको भर्त्सना

काठमाडौं ।
पत्रकारका बिभिन्न संघ-संस्था, महासंघले पत्रकार गणेश विकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भर्त्सना गरेको छ । महासंघ काठमाडौं शाखाका सदस्य एवं खप्तडटिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी महासंघले भत्र्सना गरेको हो ।

फागुन २ गते मंगलबार समाचार संकलनका क्रममा पशुपति क्षेत्रस्थित कैलाश डाँडामा पुगेका पत्रकार विकलाई विनाकारण अज्ञात समूहले कुटपिट गरी घाइते बनाएको थियो । “स्वतन्त्र रूपमा खोज अनुसन्धान पत्रकारितामा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ”, महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भिक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

 

त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालले पनि शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भर्त्सना गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल उपत्यका समन्वय समितिका उपाध्यक्ष रहेका पत्रकार विकलाई कुटपिट गर्ने दोषीमाथि कारबाही गरी र पीडितलाई क्षतिपूर्तिको माग समेत गरेको महासचिव लक्षमण दर्नालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । त्यसैगरी समाजवादी प्रेस संगठन नेपाल काठमाडौ जिल्ला कमिटीले शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भर्त्सना गरेको छ ।

Batas

समाजवादी प्रेस संगठन नेपाल काठमाडौ जिल्ला कमिटीका सहसचिव एवंम् खप्तडटिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी भर्त्सना गरेको हो । समाचारकै बिषय लिएर मंलवार साँझ पशुपति क्षेत्र स्थित कैलाशा डाँडामा ४/५ जनाको अज्ञात समूहबाट आक्रमणको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तीमा समाचारकै बिषयमा यस्तो घटना घट्नु लोकतन्त्र र सञ्रचार क्षेत्रमाथि नै प्रहार हो, पत्रकार विकका अनुसार केही समय अगाडि काठमाडौंबमट संञ्चालित एक सहकारीको बिषयमा समाचार प्रकाशन गरेको भन्दै आफूमाथि धम्की र आफ्नोबारे राम्रो समाचार प्रकाशन गरे पैसा दिन्छु भन्दै एक सहकारीका संञ्चालक खड्का थरका संञ्चालकले भनेको पत्रकार विकले बताए।

यस प्रकारको घटनाले स्वतन्त्रपूर्वक सञ्चार पेशामा गर्नेहरूको सुरक्षामा खतरा बढ्दै जाने संकेत देखिन्छ। समाचार चित्ता नबुझे उजुरी हाल्ने नेपाल प्रेस काउन्सिल लगायत विभिन्न निकायहरू हुँदाहुँदै पत्रकार विकमाथि भएको घटना सञ्चार जगतलाई नै ठाडो चुनौति सावित हुन्छ । पत्रकार विकमाथि भएको सामुहिक आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गर्दै आक्रमण्नकारीलाई तल्तकाल दायरामा ल्याउन कमिटीका सचिव योकेन्द्र चौलागाईंद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.