www.tandavnews.com
Fact ~ In search of truth

‘एसओएस बहिनी कास्की’को सामाजिक लेखाजोखा सम्पन्न

पोखरा ।

एसओएस बहिनी कास्कीले सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज(शुक्रबार) कास्कीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकोे उपस्थितीमा एसओएस बहिनीले तेस्रो सामाजिक लेखा परीक्षण सम्पन्न गरेको होे ।

कार्यक्रममा पोखेरा महानगरपालिका ७ का वडाध्यक्ष राममोहन आचार्य, गैसस महासंघ अध्यक्ष बुद्धी बहादुर थापा, बालगृह संजाल कास्कीका अध्यक्ष मोहन त्रिपाठी लगायतले संस्थाले आयोजना गर्दै आएका कार्यक्रमहरु उत्कृष्ट रहेको जनाउँदै थप कार्यक्रमहरुका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

Batas

सोे अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थाकै समन्वयमा स्वालम्बन भई पुर्नस्थापित भएका सेवाग्राही तथा सेवा लिईरहेका महिलाहरुकोे पनि उपस्थिती थियो ।

संस्थाका अध्यक्ष कृष्ण कुमारी पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक शोभा पहारीले संस्थाकोे परिचय दिएकि थिइन् भने भिम प्रसाद पौडेलले कार्यक्रमको सहजिकरण गरेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.