www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष ‘राम’ले ईन्जिनियर ‘लक्ष्मण’लाई कुटेपछि गाउँपालिकाका कर्मचारीद्धारा ‘पेन डाउन’

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिकामा कार्यरत कर्मचारीले कलम बन्द(पेन डाउन) गरेका छन् । गाउँपालिकाको वडा नं ८ मा कार्यरत सब इन्जिनियर लक्ष्मण जि.सी.लाई वडाध्यक्ष राम बहादुर गुरुङले कुटपिट गरेको भन्दै कर्मचारीले पेन डाउन गरेका हुन् ।

कर्मचारीले वडाध्यक्ष गुरुङलाई नियमानुसार कारबाही नभएसम्म कामकाज नगर्ने गरि पेन डाउन गर्ने र कर्मचारीमाथी सुरक्षाकोे प्रत्याभुति नहुँदासम्म थप बिरोधका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । वडाध्यक्ष गुरुङले ईन्जिनियर जि.सी.माथी आज(शुक्रबार) बिहान १०ः४६ बजे कार्यकक्षमा रक्ताम्मे हुने गरि घाइते बनाएकोप्रति खेद प्रकट गर्दै विज्ञप्तिमार्फत आगामी दिनमा यस्ता क्रियाकलापहरु नहोहोरिने प्रतिबद्धता लिखितम रुपमा ब्यक्त गर्नुपर्ने जनाएका छन् ।

Batas

‘आगामी दिनहरुमा यस्ता खालका क्रियाकलापहरु नदोहोरिने प्रतिबद्धता लिखितम रुपमा व्यक्त गर्नुपर्ने, घाइते कर्मचारीको उपचार खर्चकोे जिम्मा लिनुपर्ने, नियमानुसार कारबाही नहुँदासम्म कार्यालयमा कुनै पनि कामकाज नगर्ने गरि कलम बन्द गर्ने र पीडित राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य उपचार तथा नियमानुसार पीडक जनप्रतिनिधिलाई कारबाहीको जोडदार माग गर्दछौेँ’ विज्ञप्तिमा उल्लेख छ ।

‘सम्पूर्ण कर्मचारी परिवार’ले निकालेकोे विज्ञप्ति

यस्तै कास्कीका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र एकीकृत सरकारी कर्मचारी संगठनले पनि कर्मचारीमाथि अश्लील गाली गर्ने तथा हातपात गर्ने विषय कुनैै पनि हालतमा क्षम्य नहुने भन्दै कडा कारबाहीको माग राखेका छन् ।

कर्मचारी संगठनहरुकोे विज्ञप्ति

कुटपिटबाट घाइते भएका ईन्जिनियर जि.सी.ले जिउ ज्यानकोे सुरक्षा र कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिइसकेका छन् ।

सम्बन्धित न्यूज

वडाध्यक्ष गुरुङको ‘दादागिरी’ : रगताम्य हुनेगरी ‘इन्जिनियर’ कुटे

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.