www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा खानेपानी नियमित नभएको गुनासो

पाेखरा।
पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएको १० वर्षभन्दा बढी भयो । उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाडेकी छैनन्।

पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उनले भनिन्र, “मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।” उनले खानेपानी संस्थानलाई मासिक रु एक सय १० बुझाउने गरेको बताइन्। त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ/नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उनकोमा खानेपानीको बिल ५५ हजारको आएको उनले बताइन्। पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिरिन्। “मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ”, उनले भनिन्, “त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।”

Batas

सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताउछन् । “पोखरामा पानीको त्यति साह्रै समस्या छैन्”, उनले भने, “समस्या नै नभएको त होइन तर ५० हजार धारामा ५/१० प्रतिशतमा समस्या त हुन्छ नै ।”

संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बताए। यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।

डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताए। “भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ”, उनले भने, “यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।”

यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनको भनाइ थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको उनले बताए। जाइकाको पाँच अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको उनले बताए। सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने उनको भनाइ छ ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.