www.tandavnews.com
Fact ~ In search of truth

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

काठमाडौँ।
बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Batas

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.