www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड

पाेखरा।
कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ ।

प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताए।

गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उनले जानकारी दिए। स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उनले बताए।

Batas

प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी दिए। संस्थाले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरण तथा राहतस्वरुप अक्षयकोष स्थापना गर्न नगद सहयोग गरेको वडाअध्यक्ष गुरुङले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसलाई रु दुई लाख प्रदान गरिएको उहाँले जानकारी दिए। अक्षयकोषबाट प्राप्त ब्याजले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि राहत प्रदान गरिने भएको छ ।

तल्लो अन्नपूर्ण क्षेत्रको एक हजार चार सयदेखि तीन हजार पाँच सय मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापीरूपमा संवेदनशील सूचीमा छ । आइयुसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा मादी–१ सिक्लेसका उमरबहादुर गुरुङ सन्तोषलाई ध्वाँसे चितुवा संरक्षणदूतका रुपमा संस्थामार्फत प्रमाणपत्र प्रदान गरिएको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.