www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री अधिकारीद्धारा फागु पूर्णिमा र तोरन्लको शुभकामना

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागु पूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिदैं यि पर्वहरुले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

Batas

सन्देशमा भनिएको छ – “यस वर्षकोे फागु पूर्णिमा (होली पर्व) तथा तोरन्ल पर्वले नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता,सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

शुभकामना सन्देशमा उनले नेपालमा बसोबास गर्ने विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.