www.tandavnews.com
Fact ~ In search of truth

पालिकाको प्राथमिकतामा परेन अपाङ्गता समावेशी विकास योजना तर्जुमाको कुरा

सुर्य प्रसाद भट्टराई
पाेखरा।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग माहसंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहका उप प्रमुख, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुलाई स्थानीय तहको निति, योजना, कार्यक्रम र बजेट अपाङ्गता समावेशी कसरी बनाउने सम्वन्धमा पोखरामा सम्पन्न कार्यक्रम स्थानिय पालिकाहरुको प्राथमिकताको विषय बनेन।

४८ वटा पालिकालाई समेटेर कास्कीमा कार्यक्रम गरिएको भएता पनि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरन्चोक गाउँपालिका, धर्चे गाउँपालिका, गण्डकी गाउँपालिका, पोखरा महानगरपालिका, राईनास गाउँपालिका, नार्फाभुमि गाउँपालिका, नार्सङ गाउँपालिका, पुतलिबजार नगरपालिका,शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिका र मयाग्दे गाउँपालिका गरी १३ वटा स्थानिय तहहरु उपस्थित नै भएन्न् । कार्यक्रमको बिषय समसामयीक र महत्वपुर्ण भएता पनि सहभागीहरु बिषयबस्तुमा गम्भिर भएर वस्नुको साटो कार्यक्रमको समय नसक्किदै यातायात लिएर हिडन हतारीएका थिए।

यस बिषयमा सहभागीहरुमध्यका एकले भने कुराकानी गर्दा अपाङ्गताका क्षेत्रमा मिठा र चिल्ला कुरा हुने गरेको भएता नि यस खालका बिषय स्थानिय तहका अरु बिषय जस्तो प्रथमिकतामा नपर्ने गरेको र पालिकाहरुमा पनि अपाङ्गताको कार्यक्रम यसरी नै चलिरहेको बताए।

Batas

यस्तै खाल्को कार्यक्रम यस आगाडी म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङ जिल्लाका २८ वटा पालिकालाई समेटेर फागुन १५ गते, नवलपुरका ८ वटा पालिका लाई समेटेर १८ गते र कास्की, स्याङ्गजा, तनहुँ, गोर्खा, लम्जुङ र मनाङ गरी ४८ वटा पालिकालाई समेटेर २३ गतेका दिन कार्यक्रम सम्पन्न गरिएको संघका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

सेवा प्रवाहा गर्ने राज्यको तल्लो निकाय स्थानिय सरकार भएता पनि पालिकाहरुको योजना निर्माणको बेला अपाङ्गताको सवालहरु कम प्रथामिकतामा पर्ने गरेको र यो बिषय स्थानिय तहका जनप्रतिनिधी एवम प्रमुखहरुले समेत पटक पटक स्वीकार्दै आएकोले यस खालको कार्यक्रम गर्नु परेको र यस कार्यक्रमले स्थानिय तहको योजना निर्माणका बेला आपाङ्गताको बिषयमा केही नयाँ र उदाहरणीय कार्य गर्नेमा आफुहरु आशावादी रहेको आयोजक संस्थाका अध्यक्ष खोमराज शर्माले बताए।

कार्यक्रममा सहभागी पालिकाहरुले आफुहरुले हालसम्म अपाङ्गताको क्षेत्रमा गरेका उदाहरणीय कार्यहरु प्रस्तुत गरेका थिए। सो क्रममा सुन्दर बजार नगरपालिकाले करारमा कर्मचारी नियुक्ती गर्दा आपाङ्गता भएका व्यक्तिहरुलाई समेत सरकारी सेवामा पहुँच होस भनी कार्यबिधीमा अपाङ्गता कोटाको ब्यवस्था गर्न लागेको जानकारी गराएको थियो। यस्तै मादी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका हेरचाहाकर्ताहरुलाई मासिक प्रोत्साहान भत्ताको ब्यवस्था गर्दै आएको जानकारी गराएको थियो।

अपाङ्गता समावेशीकरण र विकास योजना, स्थानिय तहको योजना तर्जुमा प्रक्रिया र अपाङ्गता समावेशीकरण, स्थानियतहको योजना तर्जुमाका लागी अपाङ्गता भएका व्यक्तिहरुको मुख्य आवश्यक्ता र प्राथमिक्ताको पहिचान, पँहुचयुक्त भौतिक संरचना, सूचना र सेवा, अपाङ्गता समावेशी अनुगमन तथा मुल्याङ्कन कार्यक्रमका मुख्य बिषय रहेको जानकारी संघका प्रदेश संयोजकले अरुण श्रेष्ठले जानकारी दिएका थिए।

८१ जना सहभागी रहेको उक्त कार्यक्रममा संघका अध्यक्ष खोमराज शर्मा, कोषाध्यक्ष सुनिता थापा, र सचिवालयका सदस्य हेम बहादुर गरुङ्ले अभिमुखिकरण गरेका थिए भने कार्यक्रमकाे सञ्चालन संघका सचिव कृष्णप्रसाद अधिकारीले गरेका थिए।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.