www.tandavnews.com
Fact ~ In search of truth

अर्लि मन्टेश्वरीमा मनिपालको निःशुल्क आँखा शिविर

पोखरा।
अर्लि मन्टेश्वरीमा आँखा शिविर भएको छ । मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा छात्रछात्राको आखाँको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

पोखरा–५ मालेपाटनमा रहेको मन्टेश्वरीमा ५६ छात्र र ६५ छात्रा गरि कूल १ सय २१ जना छात्रछात्राले आखाँको स्वास्थ्य परिक्षण गराएका छन् ।

मनिपाल शिक्षण अस्पतालको सामुदायिक कर्तब्य अन्तरगत मन्टेश्वरीमा आखाँ शिविर गरिएको हो । अस्पतालको सामुदायिक कर्तब्य अन्तरगत स्वास्थ्य शिविर गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिम बहादुर लामिछानेले बताए ।

Batas

शिविरमा ५ जना विद्यार्थीको आखाँमा जटिल समस्या देखिए पछि अस्पताल रिफर गरिएको लामिछनेले जानकारी दिए । अस्पतालले वर्षमा सय स्वास्थ्य क्याप गर्ने लक्ष्य राखेको र सोही अन्तरगत अर्लि मन्टेश्वरीमा सातै आखाँ शिविर सञ्चालन गरिएको उनले बताए ।

मनिपालको आखाँ शिविरले बच्चाहरुको आखाँको दिर्घकालिन समस्या हुन बाट जोगाएको मन्टेश्वरीकी पिन्सीपल राधा गौतमले बताइन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.