www.tandavnews.com
Fact ~ In search of truth

कन्या क्याम्पसमा मनिपालद्धारा स्त्रीरोगको निःशुल्क शिविर

पोखरा ।
पोखरा–३ नदिपुरमा रहेको कन्या क्याम्पसमा स्त्री रोग सम्बन्धि शिविर सञ्चालन गरिएकाे छ । मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६० जना विद्यार्थीले स्वास्थ्य लाभ लिएका छन् ।

कन्या क्याम्पसकाे आयोजनामा भएकाे शिविरमा विशेष गरि महिलाहरुमा देखिने विभिन्न समस्या र छाला रोगको बारेमा विद्यार्थीहरूले जानकारी लिएका थिए । नि: शुल्क स्वास्थ्य परीक्षण र परामर्श लिन पाउदाँ खुसि लागेको विद्यार्थीहरुले बताए ।

आइतबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा जटिल समस्या देखिएमा शिविरको विरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त विरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ ।

Batas

अस्पतालका अनुसार अन्य संस्थाहरूले शिविर सञ्चालन गर्न आग्रह गरेमा आवश्यकताकाे आधारमा शिविरहरू गर्ने तयारी गरेकाे छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.