www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहकाबीच उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।

समारोहमा  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति , पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, नेपाल सरकारका मन्त्रीहरू, प्रदेश प्रमुखहरू, संवैधानिक अङ्गका प्रमुखहरू, सांसदहरु, नेपालस्थित विदेशी नियोगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, उच्चपदस्थ व्यक्तिहरू, समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.