www.tandavnews.com
Fact ~ In search of truth

प्रतिष्ठान गण्डकीले बृद्धाश्रमसँग मनायो लोकदोहोरी दिवस

पोखरा
ताण्डव न्यूज ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले लोक दोहोरी दिवस मनाएको छ । पोखराको बाच्छीबुडुवा वृद्धाश्रममा रहेका बृद्धाहरुसँग प्रतिष्ठान गण्डकी प्रदेशले सोमबार २२ औं स्थापना दिवस मनाएको हो ।

प्रतिष्ठानले बृद्धबृद्धाहरुलाई सरसफाइका सामाग्री, हरपिक, बाल्टिन, डस्बिन, जग, कुँचो, ब्रस, झाडु, साबुन, कोलगेट, लगायतका सामाग्री हस्तान्तरण गरेको प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले जानकारी दिए । उनले सरसफाई सामाग्रीसँगै भजन गीत गाएर बृद्धबद्धाहरुलाई मनोरञ्जन दिएको बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल केन्द्रका पूर्व केन्द्रीय उप–महासचिव तथा बर्तमान गण्डकी प्रदेश नवनियुक्त सल्लाहकार चोलेन्द्र पौडेलले स्थापना दिवसको अवसरमा प्रदेशले उत्कृष्ट कार्य गरेको बताए । उनले गीत संगीतमा लाग्ने कलाकारलाई संस्थागत रुपमा समेटनुपर्ने सुझाव दिए । भञ्ज्याङ् बुटिक दोहोरी साझका सन्चालक दोहोरी गायिका दिपिका बयम्बु मगरले वृद्धबृदाहरु लाई ५ हजार रुपैयाँ सहयोग गरिन् । कार्यक्रम संस्थाका सचिव रामजी पौडेलले सन्चालन गरेका थिए ।

Batas

No description available.

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.