www.tandavnews.com
Fact ~ In search of truth

कुश्मामा स्वागत गर्दै प्रतिष्ठान पर्वतले राख्यो होर्डिङ बोर्ड

पोखरा
ताण्डव न्यूज।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पर्वतले कुश्मा ७ खरेहामा स्वागत होर्डिङ बोर्ड राखेको छ । प्रतिष्ठान पर्वतले २२औ स्थापना दिवस एवम लोक दोहोरी दिवसको अवसरमा सोमबार होर्डिङ बोर्ड राखेको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा बोर्ड राखिएको हो । शर्माले प्रतिष्ठान पर्वतले गरेको कामको उच्च प्रशंसा गरे । संस्थाको स्थापना दिवसमा आफ्नो जिल्लाको पहिचान दिने काम स्वागत बोर्डले गर्ने शर्माले बताए ।

लोक दोहोरी गीत प्रतिस्ठान पर्वतका अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष चित्रसागर श्रेष्ठ, पूर्व अध्यक्षहरु शान्तीनारायण श्रेष्ठ, आर सि पौडेल र संस्थाका निबर्तमान अध्यक्ष दिपक गदालले बोलेका थिए । कार्यक्रममा संस्थाका महिला उपाध्यक्ष मञ्जु विकले स्वागत मन्तव्य र संस्थाका सहसचिव गंगाराम परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.