पोखरा ।
बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको संस्था एसओएस बहिनी,कास्कीमा स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार आयोजित स्वास्थ्य परिक्षण कार्यक्रममा संस्थामा रहेका ८५ जना बालिका तथा समुदायमा सहयोग गरेका ४० जनता बालबालिका र महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

रेसिडेन्ट डाक्टर्स वेलफेयर सोसाईटी अफ पोखरा एकेडेमी अफ हेल्थ साइन्ससँगको सहकार्यमा १२५ जनाको स्वास्थ्य परिक्षण गरिएको संस्थाले जनाएको छ । संस्थाकी कार्यसमिति सदस्य डा. माया लामाको नेतृत्वमा डा. हिमलाल भण्डारी, डा. होविन्द रावत, डा. प्रज्ञा शाक्य, डा. द्रिस्टी पौडेल, डा. आश्मा अधिकारी, डा. मोनिका मिश्र लयागतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षणसँगै बालिका तथा महिलाहरुलाई मानसिक स्वास्थ्यबारे परामर्श पनि दिइएको थियो ।
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.