www.tandavnews.com
Fact ~ In search of truth

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल

पोखरा ।
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुब, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला छन् ।

संघको तेस्रो सधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन संघले अनलाइन सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल नगरिएको बताए । कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकरात्मक प्रभाव पारेको अभिव्यक्ति उनको थियो । अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

पत्रकार निश्पक्ष हुन आवश्यक छ । विज्ञापन उठाउन पत्रकार जाने होइन । पत्रकारिता क्षेत्रमा नै गुणस्तरियता भएन भने अन्य क्षेत्र स्वतः समस्यामा पर्छ ।’, उनले भने । पत्रकार हित बमोजिम नै आमसंचार विधेयक ल्याउन गण्डकी सरकार प्रतिबद्ध रहेको अभिव्यक्ति उनको छ । उनले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको उल्लेख गरे । ।।।सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थाल्यो । मेरा लागि सत्ता प्रमुख होइन । जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने तवरले हामी अगाडि बढ्न सके नै देशकोे विकास हुन्छ ।’, उनले भने

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभुति हुने बताइन । पत्रकारका मुद्धाहरुलाई सरकारले सुनवाई गर्नुपर्ने धारणा उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखे । उनले आमसंचार विधेयकका विषयमा सरकारले अपेक्षा अनुरुप काम नगरेको बताए । आमसंचार विधेयक वाक स्वतन्त्रता सँग सम्बन्धित हुनुपर्ने भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताइन् । अनलाइनलाई व्यवस्थित गदैर्
आमसंचार मिडियालाई प्रभावकारी बनाउन आजको आवश्यकता रहेको उनकाे भनाइ छ।

Batas

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबै भन्दा प्रभावकारी भएको उल्लेख गरे । अनलाइनको कन्टेन्टमा प्रश्न चिन्ह उठीरहेका बेला संघले अनलाइन मिडियालाई नियमन गरी दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जोड दिन उनको आग्रह छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताए । अन्य पत्रकारसँग सम्बद्ध संस्थाजस्तै अनलाइन मिडिया सँग सम्बद्ध संस्थालाई पनि सरकारको सहयोगको आवश्यकता रहेको भनाई उनको छ । अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने धारणा राखे।

उनले दर्ता देखि नविकरण सम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।अनलाइन पत्रकार संघको अधिवेशन सफल पार्न सल्लाहकार केशव पाठकको संयोजनमा सदस्यहरु मधव बराल र सागरराज तिमिल्सिना गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.