www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला समन्वय समितिका जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम

पोखरा ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका जि .स.स.पदाधिकारी र सदस्यहरूको लागि आयोजित एक दिने अभिमुखिकरण तालिम  पोखरामा सम्पन्न भएको छ। सो अभिमुखिकरण कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गरेका थिए।

उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले तीन तहका सरकार बिच समन्वय गर्ने उद्देश्यले स्थापित जिल्ला समन्वय समितिलाइ संविधानले दिएका दायरा भित्र रहि प्रभावकारी काम गर्न अभिमुखिकरण फलदायी हुने उल्लेख्य गरे।

अधिकारीले प्रदेश सरकारले समन्वय समितिका काम प्रभाबकारी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कानुन निर्माण लगायतका बिषयमा सरकार सक्रियताले लाग्ने बताए।

Batas

जिल्ला समन्वय समिती महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाधर पौडेलले अनुगमन र समन्वयका काम प्रभावकारी रूपले सम्पन्न गर्न अभिमुखिकरण आयोजना गरिएको भन्दै दक्षता बढाउन सहयोगी हुने बिश्वाश व्यक्त गरे।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्थले समन्वय संरचना जिबन्त र कार्य बाताबरण सहज बनाउन विभिन्न समयमा अभिमुखिकरण आबश्यक हुने बताए।

जिल्ला समन्वय समितिको अधिकार ,भूमिका र जिम्मेवारी  बिषयक एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारका पूर्ब मुख्य सचिब सोमलाल सुबेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहजीकरण गरेका थिए।

कार्यक्रमको पहिलो चरणमा गण्डकी प्रदेशका एघार जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख र दुई जना सदस्य गरि करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन प्रतिष्ठानका शाखा अधिकृत बाबुराम न्यौपानेले गरेका थिए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.