www.tandavnews.com
Fact ~ In search of truth

परीक्षा केन्द्र सहज बनाउन त्रिविलाई विद्यार्थी संगठनको आग्रह

काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र नेकपा(एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायकपर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका हुन्।

Batas
machhapuchre
madi

“भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ”, तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन्। परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.