www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘बुक बक्स’ स्थापना

पोखरा
ताण्डव न्यूज ।

तपाईले एउटा पुस्तक कति पटक सम्म पढ्नुहुन्छ ? वाहा ! लागेका किताबहरु अवश्य दोेहोर्याइ तेहेर्याइ वा बढी पढ्नुहुन्छ । प्रिय लागेका पुस्तकहरु साथमै राखिरहन मन लाग्छन् । अझ अरुले पनि उक्त किताबहरु पढुन् भन्ने हुन्छ ।

यदि तपाईसँग पनि पुस्तकहरु छन् र अरुले पनि त्यो पढुन् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तकहरु तपाईले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि तपाईले कुनै शुल्क तिर्नुपर्दैेन ।

Batas

बुक बक्सकोे मुख्य उद्धेश्य नै निशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्याण्डकोे राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् ।

यो कन्सेप्ट गज्जब लाग्यो, जुना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाका एक साथीसँग योे कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः ‘प्ले टु हेल्प’सँगको सहकार्यमा पर्यटकिय नगरी पोखराबाट बुक बक्सको सुरुवात गर्ने निर्णय भयो ।

श्रेष्ठले शनिबार लेकसाइडस्थित दोेर्जेज बार एण्ड ग्रिलको आडैमा बुक बक्सकोे स्थापना गरेकी छिन् । छिट्टै नैै पोखराका अन्य २ स्थानहरुमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्,‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नैै भयोे सँगै पुस्तक रुचाउनेहरुका लागि पनि आदानप्रदानका लागि सहज हुने छ ।’

बुक बक्सकोे प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्,‘हामीले यहाँ बक्स राखेका छौेँ । यो बक्समा पुस्तकहरु छन् । हरेर मन परेकोे पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यहि ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तकहरु छन् र अरुले पनि पढुन् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । योे सबै निशुल्क हो ।’

बुक बक्सबारे थप जानकारीका लागि इन्स्टाग्राम अकाउन्ट ‘बुक बक्स नेपाल’ मार्फत सम्पर्क गर्न सकिने उनले बताइन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.