www.tandavnews.com
Fact ~ In search of truth

पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुँइचो

पोखरा।
पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दशैँ पर्वका अवसरमा आज विहानदेखीनै भक्तजनको घुँइचो लागेको छ । मन्दिरमा पूजाआजाका लागि श्रद्धालुभक्तजनहरु विहान ४ः०० बजे सवेरैदेखी लामवद्ध भएका थिए ।

मन्दिरमा पूजाका लागि नेपालीमात्र नभई छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिमा लाइनमा बस्न सक्नेहरु लामवद्ध भएका छन् भने नसक्नेहरुले बाहिरबाटनै मन्दिर दर्शन तथा टीका ग्रहण गरिरहेका छन् ।
क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैतेदशैँको अवसर पारी टाढाटाढाबाट समेत भक्तजनहरु आएर मन्दिरमा श्रद्धापूर्वक दर्शन गरिरहेको जानकारी दिए।

Batas

उनका अनुसार बिहीबार रामनवमी दिन विहान ८ बजेदेखी ११ बजेसम्म समकालीन सन्दर्भमा मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ । पोखराका विन्ध्यवासिनी मन्दिरसँगै तालबाराही मन्दिर, भद्रकाली, लामाचौरको अकला मन्दिर लगायतका धार्मिकस्थलहरुमा समेत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.