www.tandavnews.com
Fact ~ In search of truth

क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती

पोखरा।
नेपालको ब्रायन एडम्स् भनेर चिनिने लोकप्रिय रक गायक सबिन राई एण्ड द फेरोहले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइडस्थित क्याटवाकमा चैत्र १७ गते सबिन राई एण्ड द फेरोहको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक सुरेश गुरुङले जानकारी दिए ।

आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झन्छु’ ‘समर्पण’, ‘धन्यवाद’, ‘कोमल त्यो तिम्रो’, ‘सम्झनाहरुलाई अँगाल्दै’, ‘जाउँ कि बसुँ’, ‘नमुना’, ‘मलाई अँगाली देउ’, ‘म संसार जित्ने’ लगायत गीत चर्चित छन् । नेपाली ब्रयान एडम्सका रुपमा परिचित गायक राईले साङ्गीतिक बजारमा ६ एल्बम प्रकाशित गरिसकेका छन्।

गायक राई तीन दशकदेखि गायक र रचनाकारका रुपमा निरन्तर नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् । प्रस्तुतीको व्यवस्थापनको जिम्मा प्रचारले लिएको छ भने १७ गतेको कार्यक्रमका लागि टिकट वित्रीको काम भइरहेको प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री भइरहेको सञ्चालक पुरीले जानकारी दिए ।

Batas

गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र लोरमा सेवा पाउँछन्। अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.