www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ: दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

दमौली।
तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् ।

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.