www.tandavnews.com
Fact ~ In search of truth

पोखरा संगीत समूहको पदस्थापना तथा भित्तेपात्रो लोकर्पण

पोखरा ।
पोखरा संगीत समूहले पदस्थापना तथा २०८० सालको भित्तेपात्रो लोकर्पण गरेका छन् । हालसालै संगठित भएको संगीत समूहले लोक दोहोरी गायक प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा भित्तेपात्रो लोकर्पण गरेका हुन् ।

पराजुलीले पोखरा संगीत समूह सधै एकवद्ध भएर अगाडि बढ्नको लागि सुझाव दिए । उनले संगीत समूहबाटै पोखरामा सञ्चालित अधिकांश दोहोरीमा धानिएको बताए । लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले संगठित संगीत समूहलाई शुभकामना दिए। उनले संगठन विस्तारसँगै राम्रा राम्रा काम गर्नको लागि पनि सुझाव दिए ।

सो अवसरमा पोखरा संगीत समूहलाई सहयोग गर्ने विभिन्न संघसंस्था, व्यक्ति, नवनियुक्त सल्लाहकारहरुलाई पनि सम्मान गरिएको थियो । संगीत समूहका अध्यक्ष होम गुरुङले दोहोरीसाँझ, मेला महोत्सवमा उचित काम गर्ने अवसर दिनुपर्ने बताए । संगीत समूह नभइ कुनै पनि मेला महोत्सव, दोहोरी नचल्ने हुँदा सुहाउँदो पारिश्रमिक दिन उनले आग्रह गरे ।

Batas

‘एकले अर्कालाई भड्काउने काम नगरियोस् । साँझमा काम गर्ने बाद्यवादन साथीहरुलाई रक्सी खुवाएर रातभरी राख्ने काम नहोस्,’ उनले भने, ‘हामी एकजुट भइसकेका छौं । यसमा खुट्टा तान्ने भन्दा सबैले साथ दिन अनुरोध गर्दछु ।’ भित्तेपात्रो लोकर्पण कार्यक्रमको सञ्चालन समूहका सचिव सुनिल गायकले गरेका थिए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.