www.tandavnews.com
Fact ~ In search of truth

सुन्दर भविष्यका लागि वचत

शुभद्रा देवि शर्मा
साधारणतया बचत भन्नाले जिवन निर्वाह गर्नको लागि गरिएको कमाइबाट केही नगद वा जिन्सीको केही अंशलाई बचतमा छुट्याउने र बचेकोलाई व्यवस्थापन गरेर खर्च गर्नुलाई बुझाउँछ । यसरी गरेको बचतले भविष्यमा हामीलाई सुखी र समृद्धि बनाउँछ । आजको बचत नै भोलीको सहारा हो । भविष्यको लागि उपभोग गर्न पाउने आशाबाट प्रेरित भै जम्मा गरेको नगद आदीलाई बचत भनिन्छ । मानिसहरुले प्राचिनकालदेखि नै बचत गर्ने गर्थे फरक यो होकी त्यति बेला अहिले जस्तो नगदको बचत नभई धान, मकै, कोदो, अन्नबाली, तरकारी आदी खाने कुराहरु सुकाईपकाई बचाएर राखेर वर्ष भरिलाई जोगो गरिन्थ्यो । जिन्सी बचत थियो । अझै पनि यो चलन केही ठाँउहरुमा छदैछ ।

यसरी बचत गर्दै जाने र भविष्यमा निर्वाह गर्न सजिलो हुने, साहु महाजनको मुख ताक्न नपर्ने, नयाँ किसिमबाट चेतनाको विकास हुँदै आयो । मानिसहरु शिक्षित पनि हुदै गए । नयाँ नयाँ विचारका साथ बचत गर्ने कुरामा पनि विकास भयो । विसं २०१३ सालमा ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने अवधारणा तयार गरी चितवनको रामपुरमा वखाना सिंह गुरुङले ‘वखान बचत सहकारी’ संस्था गठन गरी बचत संकलनको व्यवस्था मिलाइएको थियो ।

सामाजिक तथा सांस्कृतिक आवश्यकता प्राप्तिका लागि स्वइच्छाले एकतावद्ध व्यक्तिहरुबाट स्थापित भई सञ्चालनमा रहेका बैँक सहकारी तथा वित्तीय संस्थाहरुले आफ्नो कमाइको केही प्रतिशत रकम आफ्नो परिजानको सुन्दर भविष्यको लागि बचत गर्न प्ररित गर्ने र गराउने गरेका छन् । यो कार्य गर्नु सकरात्मक पक्ष हो ।

Batas

पैसा कमाउनु भन्दा नि कति बचाउन सकियो भन्नेमा निहित रहन्छ । फजुलखर्च गरेर सुन्दर भविष्य बन्दैन । बचतलाई तीन अर्थबाट प्रष्टाउन सकिन्छ, जस्तो कि, बःबचाएर, चःचलाउने, तःतरिका यसलाई बचत भनिन्छ ।

जिवन उत्तरार्धाको समयमा बचत भनेको बुढेसकालको टेक्ने लौरि पनि हो । बचतलाई अझै प्रभावकारी र जनमुखी बनाउने अवधारणा लिएर वित्तीय संस्थाहरुले विभिन्न प्रकारका खाताहरु जस्तैः छुनुमुनु बचत, नारी बचत, मासिक बचत, पेन्सन बचत आदी इत्यादी खाता खोली उचित व्याजको व्यवस्थापन गरेका छन् । यसलाई सकरात्मक पक्ष मानिन्छ । पैसा कमाउनु भन्दा नि कति बचाउन सकियो भन्नेमा निहित रहन्छ । फजुलखर्च गरेर सुन्दर भविष्य बन्दैन । बचतलाई तीन अर्थबाट प्रष्टाउन सकिन्छ, जस्तो कि, बःबचाएर, चःचलाउने, तःतरिका यसलाई बचत भनिन्छ । सहकारी सिद्धान्त अनुसार बचत गर्ने सात सुत्रहरु पनि छन् ।
१) आम्दानीपश्चात बचत, अनि खर्च गर्नुहोस ।
२) पारिवारिक बजेट बनाउनुहोस् ।
३) विश्वासिलो संस्थामा बचत गर्नुहोस् ।
४) किनमेल गर्न जानु अगावै तालिका तयार पार्नुहोस् ।
५) सामानहरु किस्तामा लिनुहोस् ।
६) खुद्रा पैसा खुत्रुकेमा राख्नुहोस् ।
७) ऋण लिँदा आय श्रोतमा ध्यान दिनुहोस् ।

पैसा छैन के बचत गर्ने भन्ने हाम्रो धारणा हुन्छ । वास्तवमा पैसा नहुनेले नै खर्च कटौती गरेर भोग विलासिताका सामानहरु कम प्रयोग गरेर बचत गर्ने हो । हुनेसँग त सधै पैसा हुन्छ । आकस्मिक बिरामी परियो भने अस्पतालको शैयामा छटपटाउदा हामीले जोगो गरेर मुठि कसेर गरेको बचतले नयाँ जिवन दिन्छ । यसरी बचत गर्दा बचत गर्ने संस्थामा कस्तो किसिमको छ बुझ्न आवश्यक छ । सामान किन्दा फिर्ता आएको सानो पैसालाई हिफाजत गरि खुत्रुकेमा राख्नुपर्छ । कसैसँग ऋण लिनु परेमा त्यो ऋणको सहि सदुपयोग गर्नुपर्छ ।

‘छन गेडी सबै मेरि, छैनन् गेडी सबै टेडी’’ भन्ने उखान जस्तै हामीसँग बचत छ भने समाजमा, प्रतिष्ठा पनि बढ्दै जान्छ । समाजले आफूलाई हेर्ने दृष्टि उच्च ओहोदामा रहन्छ । बचत नभएमा पसलेले उधारो दिँदैन, साथीभाइले पनि घृणित व्यवहार गर्छन् । हामीले कमाउने र जम्मा गर्ने उमेर भनेको ४० वर्ष भित्रमा उत्तम मानिन्छ । त्यसपछि उमेर ढल्किदै जान्छ । केही गर्न सकिदैन । उमेर ढल्के पछि पछुताउनु भन्दा उमेरमा नै बचत गर्नु उत्तम हुन्छ ।

ऋणले ऋण बढाउँछ, धनले धन बढाउँछ भने झै बचत गर्ने बानीले पैसाले पैसा तान्छ । अन्त्यमामाथि लेखिएका भनाई र ऐतिहासिक उदारणहरुले हामीलाई के सिकाउँछ भने आफ्नो कमाइको केही प्रतिशत रकम अनिवार्य बचत गरौं ।
(लेखक शर्मा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा आवद्ध छिन्)

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.