www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र ‘बहाव’ प्रदर्शनमा

काठमाडौँ ।
नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। “मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो”, उनले भने,“कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौँ । यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ ।” चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ ।

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छन्। छायाङ्कन अवधिभर एकै परिवार भएर समय बिताएको उनी बताउछीन्। “हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ । यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिश गरिएको छ । यो केवल मनोरञ्जन मात्र होइन”, अभिनेत्री पन्तले भनिन्, “मेरो जीवनसँग पनि केही मेल खान्छ । जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु ।”

Batas

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए। “हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो”, नेपालले भने,“दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।”

निर्माता श्रीधर पौडेलले यस अगाडि चलचित्र ‘गोपी’ निर्माण गर्नुभएको थियो । ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.