www.tandavnews.com
Fact ~ In search of truth

त्रिवेणी पुगेर मुख्यमन्त्री अधिकारीले भने, ‘ बाटो निर्माणमा कुनै समस्या छैन,अब काम सुरु हुन्छ’

नवलपुर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक विस्तार छिट्टै हुने बताएका छन् ।
चितवन राष्ट्रिय निकुन्ज क्षेत्र भित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागी वातावरणीय प्रभाव मुल्यांकनको काम तत्काल सुरु गरिने उनले बताए ।
आइतबार मुख्यमन्त्री अधिकारी, प्रदेश सभा सदस्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख , पूर्वाधार विकास कार्यालयका प्रमुख, भौतिक मन्त्रालय सचिव ,मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिका अध्यक्ष र प्रहरी प्रमुखसहितको टोली लिएर त्रिवेणी पुगेका मुख्यमन्त्री अधिकारी समक्ष स्थानीयहरुले बाटो विस्तारको कुरा पटकपटक भएपनि तत्काल काम गरिदिन आग्रह गरेका थिए ।

‘अहिलेसम्म वातावरणीय प्रभाव मुल्यांकन समेत भएको थिएन, अहिले त्यो संगै आवश्यक काम अगाडी बढाउन सहमती बनेको छ भोलीबाट नै आवश्यक कामहरु सुरु हुन्छ’, स्थानीय समक्ष मुख्यमन्त्री अधिकारीले भने ।

मुख्यमन्त्री नियुक्ती भए लगत्तै मुख्यमन्त्री अधिकारीले प्रदेशको लाइफ लाइनको रुपमा त्रिवेणीदेखी कोरला नाकासम्मको बाटो विस्तार गरिने बताएका थिए ।
उनले चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा सडक विस्तारका लागी सहमति पत्र प्रदेश सरकारलाई दिनका लागी निरन्तर पहल गरेका थिए ।

Batas

‘यो बाटो प्रदेशको लाइफ लाइन हो, सु्रुआतदेखी नै म लागिरहेको थिए खासगरी निकुन्ज भित्रदेखिएको समस्या अब टुङ्गिएको छ । अब बन्यजन्तुहरुलाई कुनै असर नपर्ने गरि काम अगाडी बढाउनुपर्नेछ । यसका लागी सम्बन्धी कार्यालयले काम सुरुआत गरिहाल्नुस्’, मुख्यमन्त्री अधिकारीले कार्यालयका प्रमुखहरुलाई भने ।
मुख्यमन्त्री अधिकारीले मित्र राष्ट्र भारतको सिमा नाकाबाट गण्डकी प्रदेशको राजधानीसम्म पुग्ने सडकले प्रदेशको समृद्धिको ठूलो योगदान पुग्ने बताए ।
प्रदेश सरकार अन्तरगत सोही सडकखण्डको तनहुँ क्षेत्रमा सडक स्तरोन्नतीको काम भइरहेको छ ।

‘आफ्नै प्रदेशको बाटो हु्ँदा हुदैंपनि अर्को प्रदेशबाट आवतजावत गर्नुपर्ने अवस्था छ, हामी यसलाई अन्त्य गरेर हाम्रै प्रदेशबाट सिमासम्मै आवतजावत गर्न सहज बनाउनेछौं यसले जनताको आवतजावत मात्रै होइन व्यापारी दृष्टिकोणबाट पनि ठूलो राहत मिल्नेछ व्यावसायीहरुलाई पनि सहज हुनेछ’, उनले भने ।
आइतबार नै मुख्यमन्त्री अधिकारीले सडक डिभिजन कार्यालयका प्रमुख, ठेकेदार र स्थानीय पालिका प्रमुखहरुसंग भेट गरि सडक विस्तार कार्यप्रगती बारे जानकारी लिएका थिए ।

बौदिंकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले स्थानीय सरकारका तर्फबाट आवश्यक सहकार्य र समन्वय भईरहेको बताए ।
‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग सबैगरेका छौं यो बाटोलाई जतिसक्दो छिटो पुरा गराउन सकेमा हाम्रा लागी ठूलो सफलता मिल्नेछ’,उनले भने ।

भौतिक विकास तथा यातायात मन्त्रालयका सचिव तुलसी भट्टराईले काम अन्तिम चरणमा पुगेका खण्डमा असार अगावै काम सम्पन्न गराउन निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए । उनले अन्य खण्डमा पनि कामलाई जतिसक्दो टुङ्गोमा पुर्याउने काममा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजिकरण र समन्वय गरिने बताए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.