www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाका कारण १ को मृत्यु

चितवन।
जिल्लामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उहाँको शनिबार मृत्यु भएको हो ।

जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.