www.tandavnews.com
Fact ~ In search of truth

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

काठमाडौं ।
भोलि (बिहीबार)  बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना जारी गर्दै भोलि बिहान ६ घण्टा विमानस्थल बन्द हुने जानकारी दिएको हो ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको सूचनामार्फत जानकारी दिए। विमानस्थलले उक्त समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्नसमेत आग्रह गरेकाे छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.