www.tandavnews.com
Fact ~ In search of truth

टिकटक मार्फत कविता प्रतियोगितामा सुवाश प्रथम

पोखरा।
रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको टिकटक मार्फत कविता प्रतियोगितामा पोखरा विरौटाका सुवाश लामिछाने प्रथम भएका छन् । पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्राको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक मार्फत आमा विषयमा आयोजना गरेको कविता प्रतियोगितामा लामिछाने प्रथम भएका हुन् ।

माता तिर्थऔँसीको अवसरमा “मातातिर्थ औँसीको महत्व” विषयको रेडियोमा आयोजित परिचर्चा कार्यक्रममा प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिईएको हो । प्रतियोगितामा रमेश सार्थक द्धितिय, मनिषा लामिछाने तृतीय र आयान अभिरल घिमिरे सान्वत्वना भएका छन् । उनीहरुले क्रमश : १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य खड्का विखर्चीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै विखर्चीले महिलाहरुलाई कहिले भेदभाव नगरी अगाडी बढ्न प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिए। कार्यक्रमका विशेष अतिथि पोखरा प्रतिष्ठानका कुलपती पद्मराज ढकालले आमाको महत्वको विषयमा भनाई राखेका थिए।

Batas

कार्यक्रममा रेडियोका अध्यक्ष हिरा भट्टराईले आमालाई स्वर्गारोहण भएपछि भन्दा जिवित हुदै सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिइन् । भट्टराईले आमाको सम्मानमा रेडियोले स्थापना गरेको आमा अक्षयकोषमा सहयोगी मनहरुवाट सहयोग आउने क्रम जारी रहेकोले सहयोग गर्ने मनहरुलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ ( सरु ), गौरी तमु र असफल गौतमले निर्णायको भूमिका निर्वाह गरेका  थिए। प्रतियोगिताको पुरस्कार माल्टा बाट विष्णु रानामगर, कुन्ती मल पोखरा र इन्फोम्याटिक्स इन्ष्टीच्युटका प्रबन्ध निर्देशक प्रदिप थापाले प्रायोजन गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, मुक्तक मञ्च पोखराका अध्यक्ष विवेक भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा रेडियोका सल्लाहकार दुर्गा शाह बाबाको पनि सहभागीता रहेको थियो ।

रेडियोका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो कार्यक्रम संयोजन सबु पाठकले गरेकी थिइन्।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.