www.tandavnews.com
Fact ~ In search of truth

आइतबार तनहुँमा यातायात आवगमन बन्द रहने

पोखरा ।
आइतबार तनहुँमा यातायात आवगमन बन्द हुने भएको छ । १० वैशाखमा हुने उपनिर्वाचनलाई भयरहितरुपमा सम्पन्न गर्ने यातायात आवगमान बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार निर्वाचन क्षेत्र नं. १ मा दमकल, एम्बुलेन्स, खानेपानिका ट्याङ्कर, दुध बोेक्ने सवारी, शववाहन, फोहोरमैला ओसार्नै सवारी साधान, अस्पतालमा कार्यरत चिकित्सकका सवारी साधन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारगृहका सवारी साधान बाहेक अन्य सवारी साधनलाई आवतजावतमा रोक लागाइएको छ ।

उक्त दिन पृथ्वी राजमार्गकाे मुग्लिङ पुलदेखि ब्यास नगरपालिकाकाे चापाघाट (मादी नदीकाे पुलकाे पश्चिम भाग) सम्म, डुम्रे-वेशिसहर सडक खण्ड, आँबसखैरेनी-गाेरखा सडक खण्ड र दमाैली-दुइपिप्ले सडक खण्ड भएर चल्ने सवारी साधनहरु विहान ५ बजेदेखि साझँ ६ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख छवि रिजालले जानकारी दिए ।

Batas

No photo description available.

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.