www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनको परिणामबाट दलभित्र रुपान्तरणको आवाजलाई सहयोग

काठमाडौँ।
प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको प्रतिक्रिया दिएका छन्।

तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उनीहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गरे।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मननका साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए। उनले भने, निर्वाचनको नतिजाले हामीलाई ठूलो शिक्षा दिएको छ, जनताका चाहना र आवाजलाई के कति पूरा भए भएन त्यो पनि समीक्षा गर्नुपर्छ ।”

Batas

नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले प्रजातान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्ने प्रतिक्रिया दिए। उनले भने, “रवी लामिछाने जी विद्रोही होइन, संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्नुभएको छ, ठूला दलभित्र रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई चुनावी नतिजाले बल पुगेको छ, तर कुनै चमत्कार भने भएको होइन ।”

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक हेरेको प्रतिक्रिया दिए। उनले भने, “जनताको अभिमत लोकतन्त्र हो, निर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर छलफल र विश्लेषण हुन्छ, तर एउटा क्षेत्रको निर्वाचनको परिणामलाई समग्रमा लिएर विश्लेषण गरिनुहुन्न ।”

नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले उपनिर्वाचनको परिणामबाट मुलधारका मानिएका पार्टीले आफूलाई गम्भीरताका साथ सच्याउनुपर्छ भन्ने सन्देश प्राप्त भएको बताए। “पुराना दलहरुले नियमित लयलाई बदलेर जनताको भावनाअनुसार काम गर्नुपर्छ”, उनले भने।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.