www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

बलेवा।
जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते (उभौली पर्व, बुद्धजयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) मा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिनुभयो । फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्री, फागुन २८ ग्याल्पो ल्होसार÷बकर इदका दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ ।

Batas

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, पर्यटन बोर्ड, मालपोत, नापी र जिल्लामा रहेका सबै स्थानीय तहका कार्यालय, भेटेरीनरी अस्पताल, खानेपानी डिभिजन, विद्युत् वितरण केन्द्र र यातायात व्यवस्था कार्यालयलाई शनिबारबाहेकका सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाहका लागि निर्देशन दिइएको बरालले बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.