www.tandavnews.com
Fact ~ In search of truth

फलामको रडले घोचिएर नेपाली सेनाका जवानको मृत्यु

कलैया।
बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडमा घोचिएर एक नेपाली सेनाका जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवत्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।

बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतकराम वीरगञ्जबाट कलैया जाने क्रममा कलैया वीरगञ्जको बीचमा पर्ने कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको फलामको रड लोड गरेका ट्र्याक्टरमा पटाडी पर्टीबाट घोचिँदा निजको घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए।

Batas

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए। मृत राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.