www.tandavnews.com
Fact ~ In search of truth

नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौँ।
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ ।

यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

Batas

यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने छ जिबी डाटा, रु एक सय ९९ मा सात दिन चलाउन सकिने १३ जिबी डाटा, रु दुई सय ९४ मा १० दिन चलाउन सकिने २० जिबी डाटा र रु तीन सय ९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.