www.tandavnews.com
Fact ~ In search of truth

विसबोन डे को अवसरमा स्वावलम्बन जीवनपद्दती केन्द्रमा ओआइ सम्बन्धी सचेतना

पोखरा ।
सजिलै शरीरका हाड भाचिने अबस्था ओस्टियो जेनेसिस इम्पर्फेक्टाको जनचेतना फैलाउने दिवस विसबोन डे को अवसरमा पोखराको स्वावलम्बन जीवनपद्दती केन्द्र पाेखराकाे कार्यालयमा ओस्टियो जेनेसिस इम्पर्फेक्टा ओआइ सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । समाजको कार्यालयमा केक काटेर विसबोन डे मनाइएको हो ।

जनचेतना फ़ैलाउने क्रममा पोखरा मै बसोबास गर्ने अर्को एक जना ओआइ भएको बालक तथा उनका परिवारसंग भेटघाट गरिएको थियो । ओआइ भएका तथा परिवारका सदस्यले आफ्ना अनुभवहरु सुनाएका थिए ।

ओआइ को जनचेनता फैलाउने क्रममा ओआइ भएर जीवन बिताई रहेका १४ वर्षीय अनिमेष लामिछाने र उनका बुबा खिम लामिछानेले आफ्ना अनुभव र ओआइका बारेमा बताएका थिए ।

Batas

अनिमेष जसको १४ बर्षको उमेर मै ५५ पटक हाड भाचिएको छ र अहिले उनि न्याशनल इन्भेन्टिभ स्कुलमा कक्षा ८ मा पढ्दै छन्।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.